थप ८१ जनामा कोरोना संक्रमण, ५४ जना निको भएर डिस्चार्ज

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ३०६ नमुनामध्‍ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण देखिएको हो।

यो सँगै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ । जसमध्ये संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ३ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टाकै अवधिमा थप ५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । संक्रमण बढेसँगै मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *