

चितवन-२ आज भइरहेको उपनिर्वाचनमा भरतपुर-११ को नयाँ किरण मावि केन्द्रको मतदान स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए।
लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए।
‘म पुग्दा त्यहाँ हाईहाई भन्ने हुटिङ गर्ने सामान्य कुरा गरेका थिए तर त्यसपछि अरू दलका कार्यकर्ताले हामीमाथि धकेलाधकेल गरे,’ लामिछानेले भने ।
त्यसपछि लामिछानेले फेसबुक लाइभमा आएर आफूमाथि घेराबन्दी गरिएको बताएका छन् । लोकतत्न्त्रको सुन्दर अभ्यास गरिरहेको आफूहरुलाई मतदान स्थलमा जाने वातावरणसमेत नरहेको बताए ।
‘अहिले मतदानस्थलमा जाने वातावरण छैन । केहीसमयपछि शान्त भयो भने फेरि पुगौंला’, उनले भने, ‘म पुग्दा जाँदा स्वागत गरे, गत निर्वाचनमा यो भन्दा बढी भयो । मोवाइल फाल्दिने काम भयो ।’

अर्थ सन्जाल