अर्थ सन्जाल
१८ मंसिर २०८०, सोमबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ मंसिर २०८०, सोमबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै

  • अर्थ सन्जाल
  • १० बैशाख २०८०, आईतवार १३:३५


घोराही उपमहानगरपालिका– १७ डवरीका महिलरुले दुनाटपरी बनाइ बिक्री गरेर आम्दानी गर्दै आएका छन् । जङ्गलमा खेर जाने सालको पातवाट दुनाटपरी बनाउँदै आएका महिला आम्दानी हुन थालेपछि निकै खुसी भएका छन् । समूहमार्फत चार वर्ष अघिदेखि दुनाटपरी बनाएर बिक्री गर्न थालेदेखि आम्दानी हुन थालेको उनीहरु बताउँछन् ।

विसं २०७४ मा इपिआरसी नेपालले गाउँका महिलालाई टपरी बनाउने तालिम दिएको थियो । सामूहिक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको त्रिशक्ति दुनाटपरी समूहकी अध्यक्ष उमा रावतले बताइन्। तालिम लिएपछि दश महिलाको समूह बनाएर काम थालेको अध्यक्ष रावतले बताइन् ।

“तालिम सकिएपछि गाउँका महिला मिलेर समूह गठन गर्दै दुनाटपरी उद्योग घरेलुमा दर्ता गर्यौँ, उद्योग दर्तागरेपछि घरेलु तथा साना उद्योगले ८० प्रतिशत अनुदानमा दुनाटपरी बनाउने मेसिन समूहलाई प्रदान गरेको थियो”, उनले भनिन्, “मेसिनको दुनाटपरी हातले बनाएको जस्तो भरपर्दो नभएको भनेर ग्राहकले किन्न मानेनन् ।”

गत वर्षदेखि हातले बनाउन थालेको उनले बताइन् । पछिल्लो समयमा दाङमा हातले बनाएको दुनाटपरीको माग बढेको छ । साल र पालुकाको पातको दुना टपरी बनाउने गरेको उनले बताइन् ।

“जिल्लामा घोराही, तुलसीपुर, नारायणपुर र लमही बजारबाटसमेत माग आउन थालेको छ”, उनले भनिन्, “बजारका पूजा सामग्री पसलले बिक्री गर्दछन् उता बिक्री नभएको आफैले समन्वय गरेर बिक्री गर्ने गरेको छ, यसको माग बाह्रैमहिना आउने गर्दछ, चाडपर्व, पूजा, बिहे मृत्यु संस्कारमा पनि हरियो, सुकेको दुना टपरीको माग हुने गर्दछ, मौसमको समयमा माग धान्न मुस्किल हुन्छ । एउटा टपरीको मूल्य रु चार रहेको छ ।” दुना एक मालाको रु एक सय कायम गरिएको समूहकी अध्यक्ष रावतले जानकारी गराइन्।

मालामा सयवटा दुनाटपरी हुने उनले बताइन् । हरियो दुना टपरीको माग गर्नेका लागि तुरुन्तै वनबाट पात ल्याएर तयार गरिन्छ । विभिन्न सञ्चारमाध्यमले महिला उद्यमी बनेका र घर नजिकै खेर गएको पात सदुपयोग गरेर दुनाटपरी बनाएका समाचार सुनेपछि गाउँका दिदीबहिनीले सल्लाह गरेर काम सुरु गरेको समूहकी सदस्य शोभा घिमिरेले बताइन् ।

मेसिनबाट बनाएको भन्दा हातले बनाएको मानिसले मन पराउने भएका कारण हातले बनाएको धेरै बिक्री हुने गरेको समूहकी सदस्य घिमिरेले बताइन् । उनले भनिन्, “बजारका चाट पसल, पूजा सामग्री पसलमा सम्पर्क गर्छौँ, उत्पादन भएको दुनाटपरी बिक्री गर्न समस्या छैन ।” उत्पादन सुरु भएसँगै अहिलेसम्म राम्रो आम्दानी भएको उनले जानकारी गराइन् ।

“पहिले घरखर्चका लागि दुनाटपरी बनाउने काम गर्दे आएका थियौँ, तालिम पाएपछि भने व्यावसायिक रुपमै अगाडि बढेका छौँ”, उनले भनिन् । दुनाटपरी बनाउने काम सुरु गरेसँगै आर्थिक रुपमा सवल बन्दै गएको उनको भनाइ छ । वनमा खेर गएको पात र बचेको समयको सदुपयोग गरेर एक जनाले मासिक रु छ हजारसम्म आम्दानी गर्ने गरेको उनले बताइन् ।

“बजारमा बाह्रैमहिना दुनाटपरीको माग हुने गरेको छ”, घिमिरेले भनिन्, “पहिले बसेर दिन बित्ने गरेका थिए, अहिले दिदीबहिनी जम्मा हुँदा पनि आम्दानी हुने काम गरेका छाँै, आम्दानी भएपछि आफ्ना इच्छा पूरा भएका छन् ।” बजारमा पाइने प्लास्टिकका सामान विस्थापित गर्ने प्लास्टिकले स्वस्थ्यमा पर्ने असरका बारेमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उनको धारणा छ । पातबाट बनेको जैविक सामानको महत्वका बारेमा सकारात्मक अभियानलाई प्रचार गर्न सकेमा आफ्नो व्यापारले बजार पाउने महिलाको धारणा छ ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलाले खेर गएको समय र पातको सदुपयोग गरेर उत्पादनमूलक काममा लागेकामा प्रशंसा गरिन् । उनले त्यहाँ उत्पादन भएका सामग्री बिक्री गर्न असहज भएमा बजार व्यवस्थापनमा पालिकाले सहयोग गर्ने बताइन् ।

अरु महिलालाई पनि घर वरिपरी खेर गइरहेको पातलाई सदुपयोग गरेर आयआर्जनमा जोडिन आग्रह गरिन् । दुनाटपरी प्रयोग गरेर प्लास्टिकका सामान किन्ने पैसा बाहिर जाने रकम रोक्न सकिने उनको धारणा छ ।

Artha Sanjal
मिती : १० बैशाख २०८०, आईतवार १३:३५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

ताजा समाचार

  1. मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन
  2. नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक
  3. नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय
  4. घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च
  5. ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता
  6. चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई
  7. रुसी सरकारलाई रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन नेपालले पठायाे पत्र

विजनेश फोकस

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न,चुक्त...

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज...

एनआईसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने आज अन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.