विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १० हजार ५० कित्ता सेयर बिक्रीको लागि निवेदन दिपश्चात संस्थाले सो सेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले सेयरधनी हरि प्रसाद सापकोटाको चार हजार पाँच सय ७० र लुक बहादुर रानाको पाँच हजार चार सय ८० कित्ता सेयर बिक्रीमा ल्याएको हो।

संस्थाका अनुसार उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय गैडाकोट नगरपालिका ५ मा आवेदन दिन सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *