नेपाली सेनामा जागिर खुल्यो, कहिलेसम्म दिने आवेदन ?

नेपाली सेनाले सैन्य पदका लागि ४  हजार ५ सय जनाको आवेदन माग गरेको छ । एक सुचना जारी गर्दै  सेनाले देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी सैन्य माग गरेको छ ।

माग गरिएको मध्ये सैन्य परिवार २२५, खुल्ला दुई हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना रहेका छन् । यी मध्ये सबै भन्दा धेरै सुर्खेत, कास्कीमा ३५०-३५० र उदयपुरमा ३०० जना सैन्य माग गरेको छ ।

इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने व्यवस्था गरेको भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ । दर्खास्त दिनका लागि जेठ १४ गतेसम्म अन्तिम समय तोकिएको छ ।

योग्य उम्मेदवारका लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने नेपाली सेनाले सूचना मार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *