रवि लामिछानेका ड्राइभरलाई थप उपचारको लागि काठमाडौं ल्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारको काठमाडौं ल्याइएको छ । छतबाट खसेर गम्भीर घाइते भएका थापालाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं ल्याइएको हो ।

उनको थप उपचार काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा हुने भएको छ । सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो।

उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको काठमाडौं ल्याइएको लामिछानेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *