एसीसी प्रिमियर कप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपालले आज मलेसियासँग खेल्दै छ ।
यो खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल क्रिकेट संघ क्यानले टीयू र मूलपानी दुवै मैदानलाई तयार पारेको छ । प्रतियोगितामा समूह ए मा नेपालसँगै, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।
समूह बीमा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले भारत र पाकिस्तानसमेत रहेको एसिया कप खेल्ने छ । समूह बीको पहिलो खेलसमेत आज हुँदैछ । हङकङ र सिङ्गापुर बीचको अर्को खेल बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुन लागेको हो ।
Artha Sanjal






