वर्षमान पुनकी आमामाथि गोली प्रहार, घटनास्थलबाट चाइनिज पेस्तोल बरामद

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गए राति बालुवाटार स्थित निवासमा गोली प्रहार गरेका हुन् ।

पुन वर्षमानका नातेदार समेत रहेको पाईएको छ । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । गए राति १० बजेतिर उनले गोली प्रहार गरेका हुन् ।  प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ । हाल पुनलाई प्रहरी प्रधान कार्यालयमा राखेर  घटनाबारे  उपत्यका अपराध अनुसन्धान कार्यालयले  थप अनुसन्धान गरिरहेको छ ।

वर्षमानकी आमाको खुट्टामा गोली लागेको छ भने उनको ट्रमा सेन्टरमा उपचार भईरहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *