त्रिभुवन विमानस्थलमा खटिने कर्मचारीले खल्ती भएका लुगा लगाउन नपाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने भएका छन्।

यात्रुहरूको लगेज फुटेको, सामान हराएकाजस्ता गुनासा आएपछि निगमले कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक लगाएको छ। निगमले ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन लगाइएको पनि जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *