

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएकाले बैंकले सो वापतको सेयर बिक्री गर्ने जनाएको छ ।
बैंकका शेयरधनी विजय मोहन भटराईको नाममा रहेको ५ हजार कित्ता बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरिदको लागि ३५ दिन भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेमा प्रचलित कानुन अनुसार अन्य ब्यक्ती तथा संस्थालाई सेयर बिक्री गर्ने जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल