कालिका लघुवित्त वित्तीय संस्था लि.को १३ औं वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ ।
संस्थाको संचालक समिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षद्धारा प्रस्तुत आ.व.०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु सहित आ.व.०७८/०७९ को १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस शेयर पारित गर्दै १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यस पश्चात संस्थाको हालको चुक्ता पूँजी बृद्धि भई ३७ करोड २३ लाख २१ हजार ७ सय ४० पुगेको छ ।
उक्त साधारणसभामा संस्थाको संचालक समितिमा रिक्त रहेको संस्थापक समूहको संचालकमा स्याङ्गजा वालिङ्ग निवासी संस्थापक सेयर सदस्य नित्यानन्द तिवारी निर्विरोध निर्वाचित भएका छन । साधारणसभाको संचालन वित्तीय संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले गरेका थिए ।







