
माई खोला हाइड्रोपावर लिमिटेडले स्थानीयका लागि विक्री गरेको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीले पहिलो चरणको आईपीओ फागुन २५ गतेदेखि चैत ९ गतेसम्म विक्री खुला गरेको थियो । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि विक्री गरेको हो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता से यर बाँडफाँड गरिएको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको जनाएको छ । त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिएको छ ।
आइपीओ सम्बन्धी विवरण हेर्नको लागि बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/ मार्फत हेर्न सकिनेछ ।

अर्थ सन्जाल