समिट होटलको परियोजनासँग जोडिएर आएका समाचारप्रति सत्यता छैन : चौधरी ग्रुप

समिट होटलको परियोजनासँगको संलग्नताबारे सार्वजनिक भएका समाचारप्रति सीजी डेभलपर्सले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समिट होटल प्रा.लिं.ले विकास गरिरहेको परियोजनासँग सीजीको संलग्नतालाई जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमार्फत् भएको विभिन्न टिकाटिप्पणीहरूप्रति आपत्ति जनाउँदै त्यसमा आफ्नो संलग्नता नरहेको सीजी डेभलपर्सले स्पष्ट पारेको छ ।

सीजी डेभलपर्सका अध्यक्ष राहुल चौधरीले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै त्यसमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । समिट रेसिडेन्सीको परियोजनामा सीजी डेभलपर्सको जम्मा ३० प्रतिशतको हिस्सा रहेको र उक्त परियाजनामा बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उनीहरूको परिवार रहेको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुरको कुपण्डोल हाइटमा ‘द समिट होटल एन्ड रेसिडेन्सेस्’ नाममा बन्न लागेको सोह्रतले यो संरचनाका कारण छिमेकी घरहरु नै भासिएपछि त्यसमा सिजीलाई जोडेर समाचार तथा विभिन्न टिक्काटिप्पणी भएका थिए ।

विज्ञप्ति हेर्नुहाेस्:-

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *