विदेशी विनियम सञ्चिति थप बढ्दै गएको छ । अहिलेको विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो ८ महिनामा कुल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
गत फागुनसम्म अमेरिकी डलरमा सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा गत फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भएर १० अर्ब ६९ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १७.८ प्रतिशतले बढेर १२ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ बराबर पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ फागुन मसान्तमा २ प्रतिशतले घटेर १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर कायम भएको छ ।
२०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।







