फोन पे ले ल्यायो नयाँ वर्षमा स्कुटर र सुन उपहार !

भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो ! क्यूआरमा उपहार जित्ने हो !’ योजना ल्याएको छ।

यही चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत १ तोला सुन जित्न सक्नेछन्।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, ‘फोनपेको नेपालमा डिजिटल भुक्तानी प्रबर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप ‘फोनपे गर्ने हो!’ अभियान ल्याइएको हो।’

यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने भएको उनले बताए।

‘नगद छोडौँ, फोनपे गरौँ’ ट्यागलाइनको साथ फोनपेले नगदको झञ्झटलाई हटाउन डिजिटल भुक्तानी प्रणाली सुरू गरेको थियो।
फोनपेमा हाल ११ लाख भन्दा धेरै व्यवसायी (क्यूआर मर्चेन्ट) आबद्ध रहेका छन्। फोनपे नेटवर्क मार्फत हाल दैनिक करिब रू ५ अर्बको कारोबार हुँदै आएको छ।

फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन्। एक करोड ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ। फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन्।

गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्युआर शहरका अधिकांश पसलमा देखिन थालेका छन्। ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन्। डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउँदै जान थालेको छ।

नेपाललाई क्यासलेस बनाउने योजना अनुसार तीन वर्ष अगाडि स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको छ। नयाँ वर्ष २०८० को ‘फोनपे गर्ने हो!’ योजना पनि नेपाललाई डिजिटल परिवर्तनतर्फ डोहोर्‍याउने ठूलो लक्ष्यको एउटा कदम रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *