अन्तिम दिनसम्म कति पर्यो भूगोल इनर्जीको आईपीओमा आवेदन ? यस्तो छ अपडेट

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ निष्कासनको अन्तिम दिनसम्म १० गुणा बढी आवेदन परेको छ ।

कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज अन्तिम दिन (चैत २७ गते) बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गरेको थियो।

कुल कित्तामध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको थियो भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १२ लाख २६ हजार ६५९ आवेदकबाट कुल १ करोड ३७ लाख ११ हजार ९५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १०.१८ गुणाले बढी हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *