साताको दोस्रो दिन कारोबार खुलेको दुइ घन्टाको अवधिमा सेयर बजारमा सामान्य अंकले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार नेप्से ६.४५ अंकले बढेर १८४४.९३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.९५ अंकले घटेर ३४९.७४ बिन्दुमा पुगेको छ ।
कारोबार खुलेको २ दुई घन्टाको अवधिमा २५३ कम्पनीको १४ लाख ४२ हजार ४८६ कित्ता सेयर खरिदबिक्री हुँदा ४४ करोड ९२ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छ।
सानिमा मिडिल तमोरको हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज कारोबारको पहिलो दिन नै कम्पनीको आइपीओ १० प्रतिशत अर्थात् २९.५० रुपैयाँले बढेर सेयरमूल्य ३२४ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको आइपीओ अघिल्लो दिन नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको सेयर २९५ रुपैयाँमा पहिलो कारोबार खुलेको थियो ।




