मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् ।
शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन् । यसअघिकी ब्राण्ड एम्बेस्डर पूजा शर्माको कार्यकाल सकिएसँगै अस्मीलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्राइएको राइटपाथका कर्पोरेट म्यानेजर प्रवेश जीशीले जानकारी दिए ।
सन् २०१६ देखि निरन्तर गुणस्तरीय परामर्शको सारथि बन्दै आएको भन्दै उनले अस्मि श्रेष्ठ जस्तो व्यक्तित्वलाई सद्भावना दूत बनाउन पाउँदा गौरवको महसुस भएको बताए ।
ब्रान्ड एम्बेस्डर बनेपछि पूर्व मिस नेपाल श्रेष्ठले कुनै ब्राण्डसँग जोडिनु अघि आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने गरेको र राइटपाथले नैतिकता सहितको व्यवसाय गरिरहेको पाएकाले मात्रै आबद्ध भएको उल्लेख गरिन् ।
काठमाडौँमा प्रधान कार्यालय रहेको राइटपाथ करियर काउन्सिलिङको ९ वटा शाखा कार्यालय रहेका छन् । राइटपाथ विश्वका विभिन्न मुलुक अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको भरपर्दो परामर्श दाता संस्था हो ।




