भूगोल इनर्जीको आईपीओमा कति पर्यो आवेदन : यस्तो छ अपडेट

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ पहिलो दिन मै २ गुणा बढी को आवेदन परेको छ ।

कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गर्नेछ।

कुल कित्तामध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा २ लाख ६१ हजार ४९६ आवेदकबाट कुल ३१ लाख १० हजार ४१० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.३१ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ। जसमा भाग्यमानी १ लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये ३ जनाले थप १/१ कित्ता सेयर पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओ निष्कासन बन्द चैत २७ गते बैंकिङ समयपछि हुनेछ । भूगोल इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *