आइएमई पेबाट विभिन्न राष्ट्रिय उडानको रिफन्डेबल टिकट काट्न मिल्ने

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्नेछन् ।

पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरे सँगै विभिन्न एयरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उदेश्यले आइएमई पे सँग जोडिने प्रकृया सुरु भएको छ ।

यसै क्रममा आइएमई पे मार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले आइएमई पेबाट सुपथ मुल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मुल्य रिफन्ड पनि पाउन सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *