

अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि अमेरिकी राजदूत डेयन थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थमन्त्री महत र राजदूत थम्पसनबीच आज (बुधबार) अर्थमन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा अर्थमन्त्री महत र राजदूत थमसनबीच छलफल भएको थियो ।
Artha Sanjal

अर्थ सन्जाल