वस्तुगत उपाध्यक्षका प्रत्याशी हेमराज ढकालको प्यानल घोषणा, को-को समेटिए ?

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले सदस्यहरु सहित आफ्नो टीमको घोषणा गरेका छन् । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिएका ढकालले १४ जना सदस्य सहितको प्यानल घोषणा गरेका हुन् ।

उनको समुहले महासंघको वस्तुगत संघलाई बलियो बनाउन अभियान अनुरुप सबैजसो क्षेत्रलाई समेटेर सदस्यहरु सहितको टीम घोषणा गरेका हुन् । विषेगरी उक्त समुहले साना, लघु, घरेलु तथा कृषि, पर्यटन, निर्यात, उत्पादनमुलक, खाद्यान्न लगायत सबैजसो क्षेत्रलाई समेटेर सदस्यहरुको उम्मेदवारी घोषणा गरेका छन् ।

घोषणा सभा कार्यक्रममा बोल्दै वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत संघ भनेको ब्रेन भएको तर महासंघ चलायमान बनाउने वस्तुगत संघलाई महासंघभित्र धेरै स्थान नदिएको गुनासो गरेका छन् । अबका दिनमा महासंघ भित्र वस्तुगत संघको अधिकार र दायरा फराकिलो बनाउँदै सम्पूर्ण वस्तुगत संघले अपनत्व गर्ने महासंघ निर्माणका लागि आफ्नो समुहले उम्मेदवारी दिएको बताए ।

उमेशलाल श्रेष्ठ समुहको वस्तुगत उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल समुहको केन्द्रिय सदस्यका उम्मेदवारहरु :

अच्युत गरागाईँ –नेपाल टुर एण्ड ट्राभल एजेन्ट एसोसिएसन

कमला श्रेष्ठ –नेपाल सौदर्यकला व्यवसायी संघ

किरण डंगोल –नेपाल हातेकागज संघ

खोज राज कटुवाल –कृषि मेशिनगरी व्यवसायी संघ)

नानीराज घिमिरे –फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल)

देवेन्द्र खड्का –कुरियर सर्भिस एसोसिएन अफ नेपाल)

नरेशलाल श्रेष्ठ –नेपाल फेल्ट उत्पादक तथा निर्यातक संघ)

पशुपतिदेव पाण्डे –गार्मेन्ट एसोसिएसन नेपाल

भक्त हमाल –केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन नेपाल)

रामेश्वर शाह –आउटसोर्सिङ एसोसिएसन नेपाल

रितेश लामिछान–गुड्स क्यारिएर एसोसिएसन)

लिलेन्द्र प्रसाद प्रधान–नेपाल राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएन

डा. सुवोध गुप्ता–चामल, तेल, दाल उद्योग संघ

हरि बहादूर कार्की–नेपाल निर्यात परिषद्

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *