

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल
काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारको नीति तथा कार्यक्रम र बजेट ‘ट्र्याक’ बदल्ने गरी आउने जानकारी दिएका छन् । राज्यको स्वामित्वमा रहेका सार्वजनिक सञ्चारमाध्यमका व्यवस्थापन तथा सम्पादकीय नेतृत्वसँगको छलफलका क्रममा आइतबार उनले यस्तो बताएका हुन् ।
गजुरेलले व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नहुँदा र राज्यका सेवा प्रवाहमा नयाँपन आउन नसक्नु अहिलेको मुख्य समस्या रहेको बताउँदै त्यसमा परिवर्तन गर्ने गरी सबै तहबाट काम हुनुपर्ने बताए ।
सरकारको नेतृत्वप्रति जनताको आशा र विश्वास बढेको बताउँदै उनले विगतका सबै आन्दोलनका उपलब्धिको रक्षाका लागि सरकारका कदममा सबैको समर्थन रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुताजस्ता अधिकार संविधानले नै प्रत्याभूत गरेको तर सर्वसाधारणले ती नपाएको सन्दर्भमा सरकार गम्भीर रहेको बताए ।
प्रधानमन्त्रीको सञ्चार सचिवालयद्वारा आयोजित छलफलमा अहिलेको परिवर्तन कुनै एक दल वा पक्षको नभई विभिन्न पक्षको सम्झौताबाट आएकाले कुनै एक दल वा पक्षले चाहेजस्तो काम गर्न कठिन हुने र यसका लागि सञ्चारमाध्यमले पनि सकारात्मक सन्देश प्रवाहमा गर्नुपर्ने धारणा ब्यक्त गरे।

अर्थ सन्जाल