

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गरेको अवस्थामा बाराबाट एक जना खरदार र लेखापढी कानून व्यवसायीलाई पक्राउ गरेको छ ।
मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाहलाई १५ हजार रुपैयाँ घुससहति पक्राउ गरिएको हो ।
जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार स्रोतको भनाइ छ ।
Artha Sanjal

अर्थ सन्जाल