नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ। दुई कम्पनीले चैत १६ गते विहीबार अपरान्ह ४ बजे गाभ्ने/गाभिने मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हुन् ।

नेरुडेको रजिष्टर्ड कार्यलाय मोरङ जिल्लाको विराटनगरमा रहेको छ भने मिर्मिरेको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ । दुई संस्थाले पुस ११ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । अन्तिम सहमतिपत्रमा हस्ताक्षर सँगै दुबै संस्थाले छुट्टा छुट्टै साधारणसभा आह्वान गरि साधारणसभा मार्फत मर्जरको विशेष प्रस्ताव पारित गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *