नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।




