काठमाडौं । हिमालय एयरलाइन्सका ३ ‘क्याबिन क्रु’लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ।
प्राधिकरणले हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै बिहीबार चालक दलका ३ सदस्यलाई निलम्बन गरेको हो । उडानका क्रममा फोटो तथा भिडियो खिचेका कारण उनीहरूलाई निलम्बन गरिएको उड्डयन प्राधिकरणले जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न नपाउने व्यवस्था छ।




