अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको कालिमाटीमा आज एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ। अन्तराष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा करिब ४०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो ।

यस कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव विनोद भुजेल, एजेन्सी सभिसिङ विभागका प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरू सपुत चन्द्र खनाल, पुर्षोत्तम सापकोटालगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भ नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्कीमबाट छनोट भएर कार्यक्रममा आएका बीमा अभिकर्ताहरूलाई स्वागत तथा बधाई ज्ञापन गरे।

अभिकर्ताहरूको क्षमता विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्त रूप प्रदान गर्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकलाई कार्यक्रम आयोजना गरिएको उनले बताए।

यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नवीनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरूलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफू विस्वस्त रहेको उनको भनाइ थियो।

कार्यक्रममा उपस्थित अभिकर्तालाई धन्यवाद ज्ञापन गर्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरूको सीप विकास तथा मनोबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्ने बताए।

कार्यक्रममा ‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’सँग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड पोखरेलले गरे।

सावधिक योजना र पेन्सन योजना भएको यो बीमा योजना एकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटो सुहाउँदो रहेको पोखरेलले बताए।

यो योजना न्यून लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरू र बुढेसकालमा पेन्सन चाहनेहरूका लागि अहिलेसम्मकै उत्कृष्ट बीमा योजना रहेकोले यसको प्रचुर फाइदा उठाउन आग्रह गरे।

उक्त कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिन भारतको मुम्बईबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *