

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको टिप्पणी गरेका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताएका हुन् ।
‘मिटरब्याजी पीडितहरु हाम्रो राज्य सञ्चालनको ऐना हो’, उनले भने, ‘राज्यले नै ३ थरीको ब्याज तय गरेको छ । मिटरब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज । मिलिमिटर व्याज उद्योगपतिहरुलाई दिइन्छ । मिटरब्याजको जड साहु होइन सरकार हो ।’
सिंहले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताए । उनले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताए । सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे ।
Artha Sanjal

अर्थ सन्जाल