सेयर बजारमा झिनो अंकको वृद्धि

सेयर बजारमा झिनो अंकको वृद्धि भएर नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा पुगेको छ । आज ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०।६२ अंकले बढेर ३६१.१४ बिन्दुमा पुगेको छ ।

आज २५८ कम्पनीको २५ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ भने ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमध्ये ५ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ८ वटा समूहको सेयर मूल्य घटेको छ । कारोबार भएका कम्पनीमध्ये ८७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११४ वटा कम्पनीको सेयरमूल्य घटेको छ । आज १५ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *