ऋणपत्र निष्काशन गर्न महालक्ष्मी विकास बैंकले पायो बोर्डको अनुमति

महालक्ष्मी विकास बैंकलाई ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ ।

बोर्डले बैंकलाई १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न चैत ५ गते अनुमति दिएको हो । बैंकले कुल कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट बिक्री गर्नेछ ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *