गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनसदर घोषणा गरेको हो ।

सार्वजनिक बोनसदर अनुसार कम्पनीले न्यूनतम प्रतिहजार २० रुपैयाँदेखि ७६ रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ । कम्पनीले सात वटा बीमालेखअन्तर्गत विभिन्न अवधिहरूको लागि न्यूनतम २० रुपैयाँदेखि ७६ रुपैयाँसम्म ब्याजदर निर्धारण गरेको हो ।

जसमा कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत न्यूनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

१५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४९ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ७६ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *