नेसनल माइक्रोफाइनान्स २१ हजार कित्ता बढी सेयर बिक्रीमा, मूल्य कति ?

नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सर्वसाधारणले खरिद गर्न सक्नेगरी २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि ३५ दिने सूचना सार्वजनिक गरी संस्थापक सेयर बिक्री खुला गरेकोमा सो समय अवधिमा संस्थापक सयरधनीको आवेदन नपरेपछि सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।

सेयरको मूल्य न्यूनतम १ हजार ११५ रुपैयाँ तोकिएको छ । त्यसैले सो वा सोभन्दा बढी मूल्य अकित गरी निवेदन दिनुपर्नेछ ।

उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक तथा सर्वसाधारण सेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय धादिङबेशीमा सम्पर्क गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *