राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।
नागरिकता विवादमा गृहमन्त्रीसमेत रहेका बेला रास्वपा सभापति रवि लामिछानेको विपक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि चितवन–२ का प्रतिनिधिविहीन छ । यस्तै रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनुहँ १ र रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा २ पनि रिक्त छ ।







