अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अब चितवनबाटै लाइसेन्स वितरण सुरु गर्ने

  • अर्थ सन्जाल
  • १० चैत्र २०७९, शुक्रबार १३:२१


यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो ।

कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ । कार्यालयका प्रमुख कालिप्रसाद भुजेलका अनुसार आज अनलाइन फाराम भर्नका लागि युजरनेम र पासवर्ड सङ्घीय सरकारको यातायात व्यवस्था विभागबाट अनुमति आएमा आइतबारदेखि फाराम खोल्न सकिने बताए ।

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले आजै युजरनेम र पासवर्ड जिल्ला यातायात व्यवस्था कार्यालय चितवनमा पठाइने बताए । उनले भने, “आजै हामी युजरनेम र पासवर्ड कार्यालयमा पठाइदिन्छौँ, अरु काम उनको हो ।”

कार्यालयका प्रमुख भुजेलले आइतबारदेखि फाराम वितरण गर्नका लागि आवश्यक गृहकार्य भइरहेको बताए । उनका अनुसार दैनिक दुई सय जनालाई मोटरसाइकल, एक सय जनालाई स्कुटर, एक सय जनालाई कार जिप, ४० जनालाई रिक्सा, ईरिक्सा र टेम्पो, २० जनालाई ट्र्याक्टर, १५ जनालाई मिनी बस ट्रक, १५ जनालाई ट्रक बस लहरी र २५ जनालाई मेसिनरी उपकरणको परीक्षा लिइने छ । क्रमशः यो सङ्ख्या बढाउँदै लगिने उनले जानकारी दिए ।

एक साताको फाराम भर्ने समय राखिने छ । हाल यस कार्यालय भरतपुर विमानस्थल अगाडि रहेको छ । अब भने जिल्ला समन्वय समिति अगाडि रहेको गेष्ट हाउस भवनबाट सेवा दिने तयारी कार्यालयको छ ।

यो कार्यालयबाट सेवा सुरू भएसँगै यातायातसँग सम्बन्धित सबै काम भरतपुरबाटै हुनेछ । त्यसका लागि भवन तयारी भएको र कर्मचारी पनि तयारी अवस्थामा रहेको उहाँले बताए। नयाँ लाइसेन्स र नवीकरण, ब्लुबुक दर्ता र नामसारी तथा नवीकरण, रूट परमिट, जाँचपासजस्ता महत्वपूर्ण काम अब भरतपुरबाटै हुनेछन् ।

ट्रायल सेन्टरको जिम्मा महालक्ष्मी मोटर ड्राइभिङले पाएको छ । ट्रायल सेन्टर भरतपुर बसपार्कबाट पूर्व–दक्षिणतर्फ एक किमीभित्र तीनतले चोकमा रहेको छ । गत वर्षदेखि नै सेवा दिने तयारी गरे पनि ट्रायल सेन्टर सञ्चालनका विषयमा भएको विवाद नटुङ्गिँदा समय पछि सरेको हो ।

जिल्लावासी सवारी चालक अनुमतिपत्रका लागि हेटौँडा, वीरगञ्ज, कावासोती, काठमाडौँलगायतका ठाउँमा जान बाध्य रहेका छन् । भरतपुर महानगरपालिकामा पहिलो पटक प्रमुख भएको दोस्रो वर्षदेखि रेनु दाहालले यहाँ यातायात कार्यालय स्थापना गरी सवारी चालक अनुमतिपत्र दिने व्यवस्थाका लागि पहल थालेको हो । उनले भने, “हाम्रो पाँच वर्षको निरन्तर प्रयासपछि अब भरतपुरबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने भएको छ ।”

भरतपुरको आँपटारीमा रहेको वन क्षेत्रको जग्गा यातायात व्यवस्था कार्यालयलाई उपलब्ध गराउन महानगरपालिकाले निर्णय गरेर बागमती प्रदेश हुँदै सङ्घीय सरकारसम्म फाइल पु¥याइएको छ । आफ्नै जग्गामा कार्यालय स्थापना गर्न समय लाग्ने भएपछि जिल्ला समन्वय समितिको भवनबाट सेवा दिन सुरु गरिएको हो । दाहालले तत्काल यहाँबाट सेवा थालेर आफ्नै कार्यालय भवन निर्माणतर्फ लाग्ने बताए । उनले थप्नुभयो, “महानगरले सवारी चालक अनुमतिपत्र यहीँबाट दिने कामलाई उच्च प्राथमिकतामा राखेर निरन्तर लागिपरेकै कारण सफल भएको हो ।”

Artha Sanjal
मिती : १० चैत्र २०७९, शुक्रबार १३:२१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

साथीको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा उपहार

सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त

रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

श्रम स्वीकृति अब स्थानीय तहबाटै

ताजा समाचार

  1. साथीको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा उपहार
  2. सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त
  3. रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ
  4. श्रम स्वीकृति अब स्थानीय तहबाटै
  5. लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएमबि बैंकको आग्रह
  6. प्रधानमन्त्रीको भारत भ्रमण तालिकामै छैन सीमा समस्या समाधानको एजेन्डा
  7. चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख

विजनेश फोकस

साथीको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन ब...

सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त

लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएम...

आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.