सिद्धार्थ बैंकले मर्जरसम्बन्धी फैलाइएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
बैंकद्वारा जारी सूचनामा भनिएको छ -‘ यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीचमा मर्जर वा एक्विजिसनसम्बन्धी फैलाइएको समाचारमा बैंकको ध्यानाकर्षण भएको छ’,।
त्यस्ता समाचारमा कुनै आधिकारिकता नरहेको सूचनामा स्पष्ट पारिएको छ । बजारमा सिद्धार्थ बैंक र एनआईसी एसिया बैंक मर्जरमा जान लागेको भनेर हल्ला फैलाइएको थियो।





