नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।




