काठमाडौं । अनामनगर स्थित अनलाईनपाना डटकमको कार्यालयमा एनआईसी एसियाका कर्मचारी बताउने केहि अपरित ब्यक्ति प्रवेश गरि पत्रकारहरुमाथि दुर्ब्यबहार गरेका छन् । कार्यालय समयमा अदालतको कर्मचारी हौ भन्दै बिना अनुमति एक्कासी प्रवेश गरि धम्कि समेत दिएका छन् ।
श्रमजीवी पत्रकारहरु माथि भएको उक्त दुर्व्यबहारको नेपाल पत्रकार महासंघले खेद प्रकट गरेको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै महासंघले भनेको छ, ‘ कुनै पनि बहानामा स्वतन्त्र प्रेसमाथि कुनै पनि पक्षबाट हस्तक्षेप् हुनु निन्दनीय तथा खेदजनक छ। यस शाखा सो घटनामा संलग्नलाई पक्राउ गरि संबिधान प्रदत्त स्वतन्त्र प्रेसको ग्यारेन्टी गर्न तथा संचारमाध्यमको सुरक्षामा ध्यान दिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछ। ‘
केहि समयदेखि अनलाईनपाना डटकमले सरकारी जग्गा निजीकरण भएको बिषयमा निरन्तर समाचार सम्प्रेषण गरिरहेको र यस अबधीमा सम्बधित पक्षबाट पटक पटक धम्की समेत आईरहेको सम्पादक नारायण प्रसाद अधिकारीले बताएका छन्।




