जीवन विकास लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मोरङको कटहरीस्थित वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित कुल चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको १४.९९९२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२८५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४२ प्रतिशतले हुन आउने नगद लाभांश छन्।

सभाले बोनस सेयर जारी गरेपश्चात वित्तीय संस्थाको वित्तीय संस्थाको चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम जारी तथा चुक्तापुँजी गरी रु. १ अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँ पुर्याउने सम्बन्धी प्रस्ताव पारित गर्नेछ। बोनस सेयर जारी गरेपश्चात वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *