ज्योति विकास बैंक लिमिटेडले संस्थापकको सेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।







