५० हजार घुससहित वडाध्यक्ष र सचिव रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष र वडासचिवलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

आयोगले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई गएराति ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो ।

बुधबार जनकपुरधाम–६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा उनीहरले दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *