अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

बिवाईडी र प्रभु बैंकबीच इभी फाइनान्सिङको लागि सम्झौता

  • अर्थ सन्जाल
  • ८ चैत्र २०७९, बुधबार २०:३१


बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि. ले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंकसँग वित्तिय सम्झौता भएको छ । यो साझेदारीले ग्राहकहरूलाई बिवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलोकर्जा प्रदान गर्ने लक्ष्य राखेको छ ।

विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न प्रभु बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाईडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।

साइमेक्स इंकका प्रमुख बित्त अधिकारी मेमन धौगाडाले बिवाईडी विश्वभर दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध रहेको बताए। प्रभु बैंक संगको यो साझेदारीले विद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँच योग्य बनाउन मद्दत गर्ने उनको भनाई छ ।

बिवाईडी विभिन्न मोडलहरुका विद्युतीय सवारी साधनहरु उत्पादन गर्ने बिश्वव्यापी निर्माता हो । यसका विद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन् । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागसंगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्नेछ ।

प्रभु बैंकका तर्फबाट उपभोक्ता बैंकिङ प्रमुख वीरेन्द्र भट्टले प्रभु बैंक दिगो विकासलाई समर्थन गर्न प्रतिबद्घ रहेको बताएका छन् । बिवाईडी सँगको  साझेदारीले विद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकहरुको आवश्यकता अनुरुप वित्तिय समाधानहरु प्रदान गर्न सक्षम बनाउने उनको धारणा छ ।

यस सहकार्य पछि बैंकका ग्राहकहरूले नेपालका कुनै पनि बिवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंकबाट सजिलै ८०% सम्म कर्जा प्राप्त गर्न सक्ने छन् साथै सो कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको छ ।

प्रभु बैंकका देश भर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ एटिएम नेटवर्क छन् । साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी BYD Atto 3 (६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने BYD All –New e6 (५९ लाख) मा बजारमा उपलब्ध गराउँदैछ । केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरैलन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी BYD ATTO 3  १२.९८ लाख वा BYD All New e6 मात्र ११.८० लाखमा खरिद गर्न सक्नेछन् ।

Artha Sanjal
मिती : ८ चैत्र २०७९, बुधबार २०:३१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

ताजा समाचार

  1. सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला
  2. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  3. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  4. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  5. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  6. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  7. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.