सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार भोलि (बिहीबार) देखि रोक्का हुने भएको छ ।
मर्जर प्रक्रिया पूरा गरी यी २ कम्पनीले भोलेदेखी एकीकृत कारोबार सुरु गर्दैछन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरसम्बन्धी निर्देशिकाबमोजिम ती दुवै कम्पनीका सेयर कारोबार रोक्का चैत ९ गतेबाट लागू हुने गरी रोक्का गरिएको जनाएको छ।
सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले प्रक्रिया सम्पन्न गरी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।




