नेप्सेमा दोहोरो अंकको गिरावट, १३ वटै सूचक राताम्मे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले घटेको छ । आज नेप्से १५.७६ अंकले घटेर १९३३.२९ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.३२ अंकले घटेर ३६५.२९ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ३३ करोड ३७ लाखमाथिको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहको सेयर मूल्यमा राताम्मे भएका छन्। आज कारोबार भएका कम्पनीमध्ये ३८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १० वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मायाखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९२ रुपैयाँ पुगेको छ । यसका साथै आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य ६.११ प्रतिशतले बढेर प्रतिकित्ता ९५५ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार बोटलर्स नेपाल तराइका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज ९ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *