नेपाली बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ रहेको छ ।
आइतबार एकैदिन तोलामा २ हजार ९ सय बढेर १ लाख १० हजार पुगेको छापावाल सुनको मूल्य सोमबार ७ सयले घटेर प्रतितोला १ लाख ९ हजार ३०० मा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको छ ।







