मायाखोला र सुपरमाई हाइड्रोपावर आईपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

मायाखोला हाइड्रोपावर कम्पनी र सुपरमाई हाइड्रोपावर लिमिटेडको साधारण सेयर आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्। यो सँगै बुधबारबाट यी २ कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन्।

मंगलबार घोडे जात्राको बिदा परेकोले यी कम्पनीको सेयर पर्सि बुधबारबाट आउने भएका हुन्।

नेप्सेमा मायाखोलाको १०० अंकित दरका कुल १ करोड कित्ता सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ६६ लाख कित्ता, स्थानीयको १० लाख कित्ता र २४ लाख कित्ता सर्वसाधारणको रहेको छ।

नेप्सेले मायाखोला हाइड्रोपावरलाई ‘एमकेएचसी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीको सेयरलाई प्रतिकित्ता न्यूनतममा ८८.५३ रुपैयाँ र अधिकतममा २६५.५९ रुपैयाँमा तोकेको छ।

यसैगरी नेप्सेमा सुपरमाई हाइड्रोपावरको १०० अंकित दरका कुल ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापकको ४० लाख कित्ता, स्थानीयको ५ लाख कित्ता र सर्वसाधारणको ५ लाख कित्ता छन्।

नेप्सेले सुपरमाई हाइड्रोपावरलाई ‘एसएमएच’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीको सेयरलाई प्रतिकित्ता न्यूनतममा १३०.७६ रुपैयाँ र अधिकतममा ३९२.२८ रुपैयाँमा तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *