कुमारी बैंक लिमिटेडले ३८ हजार ६ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीको माग गर्दै निवेदन दिएपश्चात बैंकले सेयर लिलामीमा ल्याएको हो।
बैंकका संस्थापक सेयरधनीहरु तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ कित्ता र पेगी पाण्डेको ३३ हजार ३ सय ८३ हजार कित्ता गरी कुल ३८ हजार ६ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
उक्त सेयर खरिद गर्न चाहाने बिद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, काठमाडौं १ नक्सालमा आवेदन दिन सक्नेछन् ।




