सोमबार भने नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।
योसँगै प्रतितोला छापवाला सुन १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।
आइतबार सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको थियो। आइतबार छापवाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँ कायम भएको छ। आइतबार तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।




