नेप्सेमा १ करोड ६१ लाख बढी कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको १ करोड ६१ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार सिद्धार्थ बैंक र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

सिद्धार्थ बैंकको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता र विन्ध्यावासिनी हाइड्रोपावरको ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएका छन्।

यी दुवैले आर्थिक वर्ष २०७८–७९मा वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

उक्त आर्थिक वर्षमा सिद्धार्थ बैंकले १२.५ प्रतिशत र विन्ध्यावासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *