पोखरा फाइनान्सको २६ औँ वार्षिकोत्सवमा रक्तदान

पोखरा फाइनान्स लिमिटेडले मिति २०७९ चैत ३ गते आफ्नो २६ औँ वार्षिकोत्सव मनाएको छ।

कास्कीको पोखरामा प्रधान कार्यालय रहेको संस्थाले २०५३ सालदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो। नेपालभर सञ्चालित वित्तीय संस्थाहरुमध्ये पोखरा फाइनान्स राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ।

वार्षिकोत्सवका अवसरमा संस्थाले प्रधान कार्यालयको प्राँगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्।

स्थापनाकालको २६ औँ वर्षसम्म आइपुग्दा संस्थाले ठूलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधासहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिँदै अघि बढिरहेको छ।

संस्थाको हाल अधिकृत पुँजी  १५० करोड रहेको छ भने जारी तथा चुक्तापुँजी  १.०८ अर्ब रहेको छ। देशका विभिन्न ठाउँहरुमा शाखा सञ्जाल रहेको संस्थाको हालसम्म २४ वटा शाखा संख्या, १ एक्सटेन्सन काउन्टर र ४ वटा एटीएम सञ्चालनमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *